अमेरिकाद्वारा इजरायलमा आफ्ना कर्मचारीलाई भ्रमण गर्न रोक

चैत्र ३०, २०८०

अमेरिकाले इजरायलमा रहेका आफ्ना कर्मचारीलाई अन्य स्थानमा भ्रमण गर्न रोक लगाएको छ । अमेरिकी दूतावासले कर्मचारीलाई जेरुसेलम, तेल अभिभ वा बिर्शेबा जस्ता केही क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

दूतावासले अतिरिक्त सावधानी अपनाई कुनै पनि जोखिमबाट बच्न सूचना जारी गरेको हो । यसअघि, इरानले ११ दिनअघि सिरियास्थित दुताबासमा भएको आक्रमणमा इजरायललाई दोषी ठहर गर्दै बदला लिने घोषणा गरेको थियो । सो हमलामा १३ जना इरानी नागरिकको मृत्यु भएको थियो । यता, इजरायलले भने आक्रमणको जिम्मेवारी लिएको छैन । 


प्रतिक्रिया