अस्ट्रेलियामा ६ जनाको हत्या

वैशाख १, २०८१

अस्ट्रेलियाको सिड्नीस्थित व्यस्त ब्यापारिक केन्द्रमा एक ब्यक्तिले अन्धाधुन्ध हतियार प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । सो घटनामा एक बालकसहित ९ जना घाइते भएका छन् । हतियारधारी ब्यक्तिले सो स्थानमा रहेका सर्वसाधारणलाई अन्धाधुन्ध छुरा प्रहार गरेको बताइएको छ । 

सिड्नीको बोण्डाई जक्सनस्थित वेस्टफिल्ड सपिङ सेन्टरमा भएको सो घटनामा संदिग्ध आक्रमणकारीको भने प्रहरीको गोलि प्रहारबाट मृत्यु भएको छ । आक्रमणकारीले हतियार फ्याक्न नमाने पछि प्रहरीले गरेको जवाफी कारवाहीमा आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । 

सो क्रममा सपिङ सेन्टरमा रहेका सर्वसाधरणबीच भागदौड मच्चिँदा कैयौं व्यक्ति घाईते भएका छन् । यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले घटना दुखदायी भएको बताउनुभएको छ । प्रहरीले भने घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । 


प्रतिक्रिया