परमाणु हतियार आक्रमणको विषयमा रुसद्वारा इरानको बचाउ
वैशाख ७, २०८१
इजरायलमाथि परमाणु हतियार आक्रमणको विषयलाई लिएर रुसले इरानको बचाउ गरेको छ । रुसका विदेशमन्त्री सर्गेई लावरोभले इरानले इजरायलमा परमाणु हतियार आक्रमण गरेको आरोप झुटो भएको बताउनुभएको छ ।
उहाँले रुसी मिडियासँगको अन्तर्वार्तामा इरानको स्वामित्वमा परमाणु हतियार नै नभएको दाबी गर्नुभएको हो । सो कुरा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले पुष्टि गरेको उहाँको भनाइ छ । परमाणु नियन्त्रण सन्धिमा सहभागी देशहरूमध्ये इरान सबैभन्दा बढी निरीक्षण गरिएको मुलुक हो ।
साथै, इरानमा परमाणु हतियारको बारेमा छलफल गर्न प्रतिबन्ध लगाउने कानुन पनि कार्यान्वयनमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।