इण्डोनेसियामा बाढीका कारण ४१ जनाको मृत्यु

वैशाख ३१, २०८१ | काठमाडौं
इण्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुगेकोे छ । १८ जना बेपत्ता छन् ।
इण्डोनेसियाको पश्चिमी क्षेत्रस्थित सुमात्रा टापुमा आएको बाढीले ज्वालामुखीबाट निस्किएको लाभाले बगाउँदा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।
गत शनिबार लामो समयसम्म परेको भारी वर्षाले ज्वालामुखीबाट बनेको खरानी र चिसो चट्टान बगाएको हो । चिसो लाभा तथा माटो मिसिएको बाढीले १ सय बढी घरमा क्षति पु¥याएको छ ।
ज्वालामुखीबाट निस्किएको पदार्थ बाढीले बगाउँदा मेघ गर्जन जस्तो आवाज आएको र सोही पदार्थ घरहरुमा ठोक्किँदा क्षति पुगेको बीबीसीले उललेख गरेको छ ।
बाढमिा हराइरहेको खोजी कार्य जारी रहेको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ ।