भारतमा लोकसभाको चौथो चरणको निर्वाचनामा ६२ प्रतिशत मतदान

वैशाख ३१, २०८१ | काठमाडौं

भारतमा लोकसभाको निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान सम्पन भएको छ ।

स्थानीय समयअनुसार बिहान सात बजे सुरु भएको मतदानमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक तथ्याङ्क छ ।

१० प्रदेशका ९६ सिटका लागि एक हजार सात सय १७ जना चुनावी मैदानमा छन् ।

चौथो चरणको आज सम्पन्न भएको निर्वाचनमा १९ लाख भन्दा बढि केन्द्रबाट १९ करोड बढि मतदाताले मतदान गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आन्ध्र प्रदेशमा २५, बिहारमा ५, जम्मू कश्मीरमा १, झारखण्डमा ४, मध्य प्रदेशमा ८, महाराष्ट्रमा ११, ओडिशामा ४, तेलङ्गानाका १७, उत्तर प्रदेशमा १३, र पश्चिम बंगालमा ८ सिटका लागि मतदान भएको थियो ।

यस्तै, आन्ध्र प्रदेशमा १ सय ७५ र ओडिसामा २८ प्रदेशसभाका लागि १ सय ७५ सदस्य चयनका लागि पनि आजै मतदान भएको हो ।

पश्चिम बंगालको बहरामपुरबाट त्रिणमुल काँग्रेसबाट भारतीय क्रिकेटर युसुफ पठान लगायत चुनावी मैदानमा छन् । भारतमा सात चरणमा लोकसभा निर्वाचन हुँदैछ ।

गत अप्रिल १९ मा सुरु भएको निर्वाचनअन्तर्गत तीन चरणमा गरी लोकसभा निर्वाचन सम्पन्न भइसकेको छ ।

निर्वाचनको नतिजा भने जुन ४ मा सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया