सिंगापुर र हङकङमा भारतीय मसला बिक्री वितरणमा रोक

जेष्ठ २, २०८१

भारतको एमडीएच र एभरेष्ट कम्पनीले उत्पादन गरेको मसलामा क्यान्सर गराउन सक्ने तत्व इथिलिन अक्साइड अधिक मात्रा भेटिएको छ । मसलामा अधिक मात्रामा इथिलिन अक्साइड प्रयोग गरेको पाइएसंगै सिंगापुर र हङकङमा बिक्री वितरणमा रोक लागेको छ । 

युरोपियन युनियन इयुले समेत अनुसन्धानका क्रममा सोही तथ्य पाएको जनाएको छ । हाल अमेरिकाले समेत भारतबाट आयात हुने गरेको सोही कम्पनीको मसलामा छानविन गरिरहेको छ । यस अघि पनि एभरेष्ट र एमडीएच मसलामा इथिलिन अक्साइडको मात्रा बढी भएको पाइएको थियो । पछिल्लो घटनाले मसला निर्यातमा असर पर्न सक्ने बीबीसीले जनाएको छ । 

चीनले समेत मसलाबारे छानविन सुरुमा गरेमा भारतले निर्यात गर्दै आएको मसलाको व्यापारमा ह«ास आउन सक्ने विश्लेषण गरिएको हो । भारतले हाल ४ अर्ब डलर बराबरको मसला निर्यात गर्दै आएको छ । 


प्रतिक्रिया