भारतमा छैटौं चरणको लोकसभा निर्वाचन सम्पन्न

जेष्ठ १२, २०८१ | काठमाडौं

भारतमा लोकसभा निर्वाचनअन्तर्गत छैटौं चरणको निर्वाचन सम्पन्न भएको छ ।

८ राज्यमा ५८ सीटका लागि ८ सय ८९ उम्मेदवार प्रतिस्पर्धामा रहेको छन् । दिल्लीमा ४, उत्तर प्रदेशमा १४ ,बिहारमा ८, पश्चिम बंगालमा ८, हरियाणामा १०, झारखण्डमा ४, ओडिसामा ६ र जम्मु कश्मीरमा एक सिटका लागि मतदान भएको हो ।

पछिल्लो विवरण अनुसार ५७ दशमलव ७ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सबै भन्दा बढि पश्चिम बंगालमा ७७ दशमलव ९ प्रतिशत मत खसेको छ भने कम उत्तर प्रदेशमा ४३ दशमलव ९५ प्रतिशत मत खसेको छ ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारतमा ७ चरणसम्म मतदान हुनेछ । पहिलो चरणको निर्वाचन अप्रिल १९, दोस्रो चरणको निर्वाचन अप्रिल २६, तेस्रो चरणको निर्वाचन मे ७, चौथो चरणको निर्वाचन मे १३, पाचौं चरणको मे २० मा भएको थियो ।

आगामी जुन १ मा सातौं चरणको मतदान हुनेछ । पहिलो चरणको निर्वाचनमा ६६ दशमलब १, दोस्रोमा ६६ दशमलब ७, तेस्रोमा ६१, चौथोमा ६७ दशमलब ५ र पाचौं चरणको निर्वाचनमा ६० दशमलब ५ प्रतिशत मतदान भएको थियो ।

निर्वाचनको नतिजा जुन ४ मा घोषणा हुनेछ । लोकसभाको ५ सय ४३ सिटका लागि निर्वाचन भइरहेको हो । 


प्रतिक्रिया