दक्षिण कोरिया र चीनबीच कूटनीतिक वार्ता सुरु गर्ने सहमति

जेष्ठ १३, २०८१ | काठमाडौं

दक्षिण कोरिया र चीनबीच कूटनीतिक र सुरक्षा वार्ता सुरु गर्ने सहमति भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच कूटनीतिक एवम् सुरक्षा वार्ता सुरु गर्ने तथा स्वतन्त्र व्यापार सम्झौतामा वार्ता पुनः सुरु गर्ने सहमति भएको हो ।

जापानी प्रधानमन्त्री फुमियो किशिदासहितको त्रिपक्षीय सम्वाद हुनु एक दिनअघि कोरियाली राष्ट्रपति युन र चिनियाँ प्रधानमन्त्री लीले सियोलमा भेटवार्ता गर्नुभएको थियो ।

चार वर्ष बढी समयको अन्तरालमा तीन शक्तिशाली एसियाली छिमेकी मुलुकबीच पहिलो त्रिपक्षीय वार्ता हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया