रफाहको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण, ३५ जनाको मृत्यु

फाइल फोटो  

जेष्ठ १४, २०८१ | काठमाडौं

इजरायलले गाजाको रफाह क्षेत्रस्थित शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा ३५ जनाको मृत्यु भएको छ ।

सर्वसाधारणकालागि सुरक्षित भनिएको सो स्थानमा इजरायलले आक्रमण गर्दा भएको आगलागीका कारण टेन्टभित्र मानिसहरुको जलेर मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका छन् । इजरायलले सो स्थानमा ८ वटा क्षेप्यास्त्र प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

इजरायली सेनाले गरेको हवाई हमलामा ठूलो हताहती भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय अदालतले गाजामा आक्रमण रोक्न दिएको आदेश विपरीत इजरायलले निरन्तर हमला गरिरहेको हो ।

आगामी साता इजरायल र हमासबीच वार्ता हुने आँकलनकाबीच सो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया