भारत तथा दक्षीण बंगलादेशमा सामुद्रिक आँधी

जेष्ठ १५, २०८१ | काठमाडौं
भारत तथा बंगलादेशको दक्षिणी क्षेत्रमा आँधीसँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ । दुवै देशको तटीय क्षेत्रमा १ सय १० किलोमिटर प्रतिघण्टाका दरले आँधी आएको बीबीसीले जनाएको छ ।
आँधीसँगै आएको बाढी प्रभावित क्षेत्रका १० लाख नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । आँधी प्रभावित क्षेत्रमा ३६ लाख बालबालिका सहित ८४ लाख नागरिकको बसोबास रहेको बीबीसीले उल्लेख गरेको छ ।
बंगलादेशको मोङला र वेस्ट बंगालको सागर आईसल्याण्डबाट शक्तिशाली आँधी आएको हो ।बंगलादेशतर्फ मात्रै १० नागरिकको मृत्यु भएको त्यहाँका विपद व्यवस्थापन मन्त्रीले बताएका छन् ।
आँधीबाट भारत र बंगलादेशमा गरी ३७ लाख ५० हजार नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने ३५ हजार ४ सय भन्दा बढी घरमा पूर्ण क्षति पुगेको छ ।