रफाह क्षेत्रमा इजरेलको हस्तक्षेप बारे यकिन गर्न नसकिने अमेरिकी भनाई

जेष्ठ १६, २०८१ | काठमाडौं
गाजाको दक्षिण क्षेत्रस्थित रफाहमा इजरेली सेनाको पुर्ण हस्तक्षेपबारे एकीन गर्न नसकिने अमेरिकाले जनाएको छ ।
हजारौं सर्वसाधारण सहायताका लागि बसिरहेको स्थानमा इजरेलीे सेनाले आक्रमण गर्न नहुने ह्वाइट हाउसका प्रवक्ता जोन किर्वीको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यद्यपी सो क्षेत्रमा इजरेली आक्रमण हुनु नै खतराको घेरा पार भएको अमेरिकी भनाई छ ।
इजरेली सेनाले इजिप्ट नजिकैको प्यालेस्टीनी सिमानामा नियन्त्रण गरेसंगै अमेरिकाले सो प्रतिक्रिया दिएको हो ।
इजरेली सेनाको आक्रमणबाट ४५ जना प्यालेष्टाइनीको मृत्यु भएको विषयमा अमेरिकाले गम्भिर आपत्ति जनाएको छ ।
सो घटनाबारे ह्वाइट हाउनका प्रवक्ता किर्वीले प्रश्न गर्नुभएको छ ।
इजरेलले भने हमासले हतियार राखेको स्थानमा विस्फोट भई आगलागी भएको जनाएको छ ।