इजरायल र हमासबीचको युद्धविरामको पहल स्वरुप अमेरिकी विदेशमन्त्री मध्यपूर्वको भ्रमणमा

जेष्ठ २८, २०८१ | काठमाडौं

इजरायल र विद्रोही समूह हमासबीच युद्धविरामको पहल स्वरुप अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको छ ।

८ महिनायता जारी युद्ध पश्चात मध्यपूर्वमा अमरिकी विदेशमन्त्री ब्लिन्केनको यो ८ औं भ्रमण हो ।

मध्यपूर्वको भ्रमणका कारण विदेशमन्त्री ब्लिन्केनले इजिप्टको भ्रमण गर्ने तालिका छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीसँंग वार्ता गर्ने तय भएको छ । त्यसपछि अमेरिकी विदेशमन्त्रीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसंग भेटवार्ता गर्नुहुनेछ ।

गत मे ३१ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले अघि सार्नुभएको प्रस्ताव कार्यान्वयनका लागि विदेशमन्त्री ब्लिन्केनले पहल गर्ने जनाइएको छ ।

इजरायल र हमास दुवै पक्षबाट बन्दी बनाइएकालाई रिहा गर्दै युद्धविराम गर्ने प्रस्ताव अमेरिकाले राख्दै आएको छ । 


प्रतिक्रिया