कुवेतमा श्रमीक क्याम्पमा भएको आगलागीमा परि ४० भारतीयको मृत्यु

जेष्ठ ३१, २०८१ | काठमाडौं

कुवेतको एक भवनमा लागेको आगलागीमा परी मृत्यु हुनेमा ४० जना भारतीय नागरिक भएको पुष्टि भएको छ ।

 हिजो बिहान कुवेतको माङ्गाफस्थित एक आवासीय भवनमा आगलागि भई ४९ जनाको मृत्यु भएको थियो ।

 मर्नेहरुमा कम्तीमा ४० जना भारतीय नागरिक परेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । सो आगलागीमा परि लगभग ५० भारतीय नागरिक घाइते भएको बीबीसीले जनाएको छ । 

अधिकारीहरूका अनुसार अधिकांश घाइतेहरू दक्षिणी भारतीय राज्यहरू केरला र तमिलनाडुका छन् । 

घाइते हुनेमा केही फिलिपिनो र नेपाली कामदार समेत परेका छन् । त्यसको पूर्ण विवरण भने आउन सकेको छैन । 

स्थानीय मिडियाकाअनुसार सो भवनमा १ सय ९६ जना कामदारहरू बस्ने गरेको र त्यसैले त्यहाँ अत्यधिक भीडभाड भएको हुन सक्ने औँल्याएका छन् ।

 कुवेतमा रोजगार दाता कम्पनीले कामदारहरुलाई अव्यवस्थित रुपमा राखेको भन्दै उनीहरुको जीवनशैलीप्रति मानव अधिकारवादी समूहहरूले नियमित रूपमा चासो राख्दै आएका छन् । 


प्रतिक्रिया