युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई रुसको चेतावनी

असार ७, २०८१ | काठमाडौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई चेतावनी दिनुभएको छ ।

राष्ट्रपति पुटिनले रुस विरुद्धको युद्धमा युक्रेनलाई हतियार दिएमा ठूलो गल्ती ठहरिने भन्दै चेतावनी दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति पुटिनको उत्तर कोरिया भ्रमणको दौरान रुस र उत्तर कोरियाबीच रक्षा सम्झौता भएको थियो ।

सो सम्झौताको खुलासा भएपछि दक्षिण कोरियाले कुनैपनि देशविरुद्ध आक्रमण भएमा एक अर्कालाई सहयोग गर्ने सम्भावनालाई विचार गरिरहेको टिप्पणी गरेको छ । सो टिप्पणीका विरुद्धमा पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।

राष्ट्रपति पुटिनले यदि अमेरिका र उसका सहयोगीहरूले युक्रेनलाई हतियार आपूर्ति गर्ने काम जारी राखे रुसले उत्तर कोरियालाई हतियार दिन सक्ने समेत बताउनुभएको छ ।   


प्रतिक्रिया