अमेरिकाका विद्यालयमा स्मार्ट फोन प्रयोगमा प्रतिवन्ध लगाउने क्रम बढ्दै

असार ८, २०८१ | काठमाडौं

अमेरिकामा पछिल्लो समय विद्यालयमा स्मार्टफोन प्रयोगमा प्रतिवन्ध लगाउने क्रम बढ्दै गएको छ ।

न्यूयोर्क, क्यालिफोर्निया, इन्डियाना, र लस एन्जलस लगयातका राज्यका विद्यालयमा स्मार्टफोन प्रयोगमा प्रतिवन्ध लगाइंदै गएको छ ।

विद्यालयका बालबालिकामा उपकरणहरूमा बढ्दो निर्भरतालाई व्यवस्थापन गर्ने उद्धेश्यले सो कदम चालिएको बीबीसीले जनाएको छ ।

विद्यार्थीको मानसिक स्वास्थ्य र सामाजिक सञ्जाल प्रयोगलाई ध्यानमा राख्दै स्मार्ट फोनमा प्रतिवन्ध लगाइएको जनाइएको छ ।

यसैविच, स्मार्टफोनमा लगाइएको प्रतिवन्धको कतिपयले भने विरोध गरेका छन् । विद्यालयको सो कदमले आपतकालिन अवस्थामा आवश्यक पर्दा तथा सामाजिक अन्तरक्रियामा बाधा पु¥याउन सक्ने भन्दै विरोध भएका हुन ।  


प्रतिक्रिया