युक्रेनको उर्जा केन्द्रलाई लक्षित गर्दै रुसको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण

फाइल फोटो  

असार ८, २०८१ | काठमाडौं

युक्रेनका विभिन्न उर्जा केन्द्रमा रुसले क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । युक्रेनका उर्जा श्रोतलाई निशान बनाउँदै रुसले आक्रमण गरेको हो ।

पछिल्लो तीन महिनामा रुसले आठौं पटक आक्रमण गरेको युक्रेनको ऊर्जा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

रुसले गरेको १६ मध्ये १२ क्षेप्यास्त्र प्रहार र ड्रोन आक्रमणलाई निस्तेज पारिएको युक्रेनी हवाई सेनाले दाबी गरेको छ ।

आक्रमणमा जापोरियजिया स्थित ऊर्जा केन्दका कर्मचारी घाइते भएका छन् । यस्तै, पश्चिमी शहर लिभिभमा रहेका उर्जा उपकरणमा समेत क्षति पुगेको छ ।

गत मार्च यता मस्कोले उर्जा केन्द्रमा आक्रमण गर्दा आधा भन्दा बढी विद्युत उत्पादन क्षमतामा कमि आएको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्सिकीले बताउनुभयो । 


प्रतिक्रिया