भारत र बंगलादेशबीच सुरक्षा लगायत विषयमा सम्झौता

असार ८, २०८१ | काठमाडौं

दक्षिण एसियाका दुई ठूला देश भारत र बंगलादेशबीच सुरक्षा सहित विभिन्न विषयमा सम्झौता र सहकार्य भएको छ ।

राजधानी नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उपस्थितमा दुई देशको रेल कनेक्टिभिटि, व्यापार र अन्य साझेदारीका बारेमा सम्झौता भएको छ । यस्तै दुवै देशमा समुद्री अर्थव्यवस्था र महासागरमा सैन्य सहयोग वृद्धिका विषयमा समेत सम्झौता भएको छ ।

दुई देशबीच हरित साझेदारी, डिजिटल साझेदारी, व्यापार र अन्तरिक्ष क्षेत्रमा दुवै देशका युवालाई फाइदा हुने विषयका विविध आयामबारे समेत समझदारी भएको छ । यस्तै क्षेत्रीय र विश्वका महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ ।

भारतको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री हसिना हिजो भारत पुग्नुभएको हो । चीनसंगको सम्बन्धलाई समेत महत्व दिएको बंगलादेशसंग भारतले गरेको पछिल्लो सम्झौतालाई महत्वपुर्ण रुपमा हेरिएको छ । मोदीले तेश्रो पटक प्रधानमन्त्री भएसंगै छिमेकका देशहरुलाई प्राथमिकता दिँदै आउनुभएको छ ।  


प्रतिक्रिया