विकिलिक्सका संस्थापक असान्ज रिहा

असार ११, २०८१

विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि बेलायतको जेलबाट रिहा भएका छन् । अमेरिकी अधिकारीहरूसँग सम्झौता गरेपछि असान्ज बेलायती जेलबाट रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जेलबाट रिहा भएलगत्तै असान्ज बेलायतबाट अस्ट्रेलियातर्फ लागेको बीबीसीले जनाएको छ ।

अमेरिकासँग भएको सम्झौताअनुरूप अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी अदालतमा उपस्थित भएर आफूमाथि लागेको अपराध स्वीकार्नुपर्ने छ । प्रशान्त महासागरमा अवस्थित नर्दन मारियाना आइल्यान्ड्सको एक अदालतमा उपस्थित भएर असान्जले अपराध स्वीकार्ने सहमति भएको बीबीसीले जनाएको छ । 

असान्जलाई अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गरेको र ती सूचनाहरू चुहाएको अभियोग लागेको छ । 


प्रतिक्रिया