अमेरिकी राष्ट्रपति बाईडेनले गरे राष्ट्रका नाममा सम्बोधन

श्रावण १०, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपति जो बाईडेनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नका लागि आफू राष्ट्रपतिय निर्वाचनबाट पछि हटेको बताउनुभएको छ ।

 राष्ट्रपतिय निर्वाचनको दौडबाट हटेपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले मुलुकलाई एकताबद्ध गर्ने यो नै उत्तम विकल्प भएको बताउनुभयो ।

अमेरिकाले वर्तमान समयमा गर्ने निर्णयले देशको भविष्य निर्धारण हुने बाईडेनले बताउनुभयो । शताब्दीकै सबैभन्दा खराब कोभिड महामारीको चपेटामा आफ्नो कार्यकाल परेको समेत उहाँको भनाई छ । 

तर, सबैको सहकार्यबाट कोभिड महामारीलाई पार लगाउन सफल भएको बाईडेनले बताउनुभयो । 


प्रतिक्रिया