युक्रेनको आक्रमणपछि रुसद्वारा सीमावर्ती बेलगोरोदबाट आफ्ना नागरिक स्थानान्तरण गर्न सुरु
श्रावण २८, २०८१ | काठमाडौं
युक्रेनले आफ्नो भूमिमा कारबाही जारी राखेपछि रुसले सीमावर्ती आवासीय क्षेत्र खालि गर्न सुरु गरेको छ । युक्रेनले एक हप्तादेखि आक्रमण जारी राखेकाले सीमावर्ती बेलगोराद क्षेत्र रुसले खालि गर्न लागेको हो ।
सो सीमाक्षेत्रमा युक्रेनी सेनाले आक्रमण गर्न सक्ने भन्दै ११ हजार नागरिकलाई स्थानान्तरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । सो क्षेत्रमा क्षेप्यास्त्र प्रहार हुन सक्ने क्षेत्र भएकाले सतर्क रहन समेत आफ्ना नागरिकलाई रुसले आग्रह गरेको छ ।
गत मंगलबार युक्रेनी सेनाले अप्रत्यासित रुपमा बेलगोरोद दक्षिणी क्षेत्रमा रहेको क्रुस्क क्षेत्रमा आक्रमण गरेको थियो । सो आक्रमण पश्चात युक्रेनी सेना ३० किलोमिटर सम्मको रुसी क्षेत्रमा प्रवेश गरेको छ ।