चीनलाई गोप्य सूचना चुहावट गर्ने एक अमेरिकी सैनिक पक्राउ

Photo: BBC 

श्रावण ३०, २०८१ | काठमाडौं

एक अमेरिकी सैनिकले चीनमा गोप्य सुचना चुहावट गरेको अपराध स्वीकार गरेका छन् ।

गोप्य सैन्य सूचना चीनलाई चुहावट गरेको आरोपमा ती सेनालाई अमेरिकाको न्याय विभागले दोषी ठहर गरेको छ ।

सैन्य अधिकारी कोरबिन शुल्त्सलाई गत मार्चमा पक्राउ गरि एफबीआई र अमेरिकी सेनाको गुप्तचार विभागले अनुसन्धान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । उनलाई दर्जन बढि संवेदनशील सुरक्षा सम्बन्धी सूचना ४२ हजार अमेरिकी डलरमा चीनलाई बेचेको आरोप लगाइएको छ ।

अमेरिका सुरक्षा र रक्षा सम्बन्धी रणनीतिका दस्तावेज, लडाकु विमान, सैन्य हतियार लगायत ताइवानका लागि सैन्य रणनीति हंङकङमा बस्दै आएका एक व्यक्तिलाई बेचेको आरोप लगाइएको छ । सन् २०२२ देखि ती सैनिकले गोप्य सूचना चुहावट गर्दै आएका थिए । उनलाई आगामी जनवरीमा सजाय सुनाइने भएको छ । 


प्रतिक्रिया