पछिल्लो २ महिनामा ८ हजार रोहिंग्या शरणका लागि बंगलादेशमा
भाद्र १९, २०८१ | काठमाडौं
म्यानमारमा भएको हिंसाका कारण करिब ८ हजार रोहिंग्या समूदाय आफ्नो देशमा आइपुगेको बंगलादेशी अधिकारीले बताएका छन् ।
पछिल्लो केही महिना यता म्यानमारको पश्चिम क्षेत्रस्थित राखिने राज्यमा हिंसा बढेपछि सो संख्यामा रोहिंग्या शरणार्थी भागेर बंगलादेश पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्यानमारको सत्तारुढ दल जुन्टा र आरकान सेनाबीच द्वन्द्व चर्किदै गएपछि हिंसा बढ्दै गएको हो । बांग्लादेशी अधिकारीका अनुसार दुई महिनाको दौरानमा सो संख्यामा रोहिंग्या समुदाय बंगलादेशमा पुगेका हुन् ।
बंगलादेश अत्यधिक आर्थिक भारमा रहेकाले रोंहिग्या शरणार्थीलाई आश्रय दिन असमर्थ भएको सरकारका शरणार्थी सम्बन्धी वरिष्ठ अधिकारीले बताएका छन् । सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारवाहीका कारण हजारौं रोहिंग्याले छिमेकी देशहरुमा शरण लिइरहेका छन् ।