शान्ति कायम राख्ने योजना तयार : जेलेन्स्की

आश्विन ३, २०८१ | काठमाडौं

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकलाई बलियो बनाई शान्ति कायम राख्ने योजना तयार भएको बताउनुभएको छ ।

बृहत परामर्शपछि रुससँगको जारी युद्धमा विजय हुने योजना तयार भएको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको हो । 

राष्ट्रपति जेलेन्स्कीले सो योजना अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष प्रस्तुत गर्नुहुने समेत समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

जेलेन्स्की संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद तथा महासभामा सहभागी हुन आगामी साता अमेरिका जाने कार्यक्रम तय भएको छ ।

 गत महिना राष्ट्रपति जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति बाइडेन तथा राष्ट्रपति पदका दुई जना प्रत्यासी कमला ह्यारिस र डोनल्ड ट्रम्पलाई आफ्नो रणनीति सुनाउने बताउनुभएको थियो ।

आफ्नो योजनाबारे दैनिक अद्यावधिक विवरण दिंदै जेलेन्स्कीले करिव साढे २ वर्षदेखि जारी युद्ध अन्त्यको लागि युक्रेनलाई केही शर्तहरु स्वीकार्य हुने बताउनुभयो ।


प्रतिक्रिया