भारतमा यो वर्ष धान उत्पादनमा बृद्धि हुने त्यहांको कृषि मन्त्रालयको भनाई

आश्विन ४, २०८१ | काठमाडौं

भारतमा यो वर्ष धान उत्पादनमा बृद्धि हुने त्यहांको कृषि मन्त्रालयले जनाएको छ । 

भारी वर्षा एवं मौसमी अनुकुलताका कारण धान उत्पादनमा बृद्धि हुने प्रक्षेपण भएको त्यहांका कृषि मन्त्री शिवराज सिंह चौहानलाई उद्धत गर्दै रोयटर्सले जनाएको छ ।

धान उत्पादनमा बृद्धि हुने प्रक्षेपणसंगै भारतले चामल निर्यातमा लगाएको प्रतिवन्ध समेत केही खुकुलो बनाएको छ । 

१ अर्ब ४० करोड जनसंख्या रहेको भारतमा खाद्यन्न उपलब्धता सहज बनाउने उद्धेश्यले गत वर्ष चामल निर्यातमा प्रतिवन्ध लगाइएको थियो ।

 गत वर्षको मनसुनमा औसत भन्दा कम वर्षा भएपछि भारतले चामल निर्यात रोकेको थियो । सन् २०२३ अघि भने भारतले विश्व बजारमा ४० प्रतिशत हिस्सा ओगटेको थियो ।

यस वर्षको मनसुनमा भने औसत भन्दा ७.६ प्रतिशत बढी वर्षा भएपछि धान उत्पादनमा बृद्धि हुने प्रक्षेपण गरिएको हो । 

विश्वका करिव ३ अर्ब जनसंख्याले प्रमुख खाध्यन्नका रुपमा चामल प्रयोग गर्दै आएका छन् ।

एशियामा मात्र ९० प्रतिशत धान उत्पादन हुंदै आएको छ ।


प्रतिक्रिया