अमेरिकाले ताइवानलाई सैन्य सहयोग गर्ने

आश्विन १५, २०८१ | काठमाडौं

अमेरिकाले ताइवानलाई ५६ करोड ७० लाख बराबरको सैन्य सहयोग गर्ने भएको छ । 

चीनसँग तनावपूर्ण सम्बन्ध रहँदै आएको ताइवानलाई सैन्य क्षमता वृद्धिका लागि सो रकम सहयोग गरिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।

अमेरिकाका राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा सो रकम सिधै अमेरिकाको रक्षा विभागमा पठाइने जनाएको छ । त्यस्तै, सैनिक शिक्षा र तालिममा समेत सहयोग रकम उपलब्ध गराइने जनाइएको छ ।

ताइवानको महत्वपूर्ण अन्र्तराष्ट्रिय सहयोगीका रुपमा अमेरिका रहंदै आएको छ । 

उता चीनले भने आफ्नो मुलुकको हिस्सा रहेको ताइवानमा हतियार बेच्न बन्द गर्न अमेरिकालाई दवाव दिंदै आएको छ ।

गत अप्रिलमा राष्ट्रपति बाइडेनले युक्रेन, इजरेल र ताइवानलाई अरबौं रकम दिने सम्बन्धी विद्येययकमा हस्ताक्षर गर्नुभएको थियो । 

यसैविच, चीनले विगत ५ वर्ष देखि ताइवानमा सैन्य तथा राजनीतिक दवाव समेत बढाउंदै आएको छ । चीनले ताइवानमा सन् २०२७ सम्म हस्पक्षेप गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संंचार माध्यमले जनाउंदै आएका छन् ।


प्रतिक्रिया