दक्षिणी लेबनानको २० बढी सहरका स्थानीलाई घर खाली गर्न इजरायलको आग्रह

आश्विन १७, २०८१ | काठमाडौं

इजरायली सेनाले लेबनानको दक्षिणी क्षेत्रका २० भन्दा बढी सहरका नागरिकलाई तुरुन्तै आफ्नो घर खाली गर्न आग्रह गरेको छ ।

ती सहरहरुमा प्रान्तीय राजधानी नबातिह पनि समावेश छ । सहर खाली गर्नुलाई अन्तर्राष्ट्रिय जगतले इजरायलले हिजबुल्लाह विरुद्ध थप हमलाको तयारी गरिरहेको कार्यको रुपमा अथ्र्याइएको छ । इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गर्दै इजरायलले दुई सातादेखि हमला जारी राखेको छ ।

त्यसको कदम स्वरुप इजरायलले लेबनानको राजधानी बेरुतस्थित एक चिकित्सा सेवा केन्द्रमा हवाई आक्रमण गरेको थियो ।  

लगभग एक वर्षदेखि गाजामा हमाससँग लडिरहेको इजरायलले दुई हप्ताको तीव्र हवाई आक्रमणपछि लेबनानमा आफ्ना सेना पठाएको हो । यसले गर्दा अमेरिका र इरानबीच थप तनाव बढाएको छ ।  


प्रतिक्रिया