लेबनानमा इजरेलको आक्रमण

आश्विन १८, २०८१ | काठमाडौं

इजरेलले लेवनानको राजधानी बेरुतमा रहेको अन्तराष्ट्रिय विमानस्थल नजिक भिषण बमबारी गरेको छ ।

हेजबुल्लाहका लडाकु रहेको आशंकमा इजरेली सेनाले अन्तराष्ट्रिय विमानस्थलमा गएरातिदेखि नै बमबारी गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

इजरेलले हेजबुल्लाहको केन्द्र पत्ता नलगाएपनि लडाकुको बाक्लो उपस्थिती रहेको भनिएको दाहिया क्षेत्रमा आक्रमण गरेको छ ।

लेबनानी सेनाले भने इजरेलको आक्रमणबाट आफ्ना २ सैनिक मारिएको बताएको छ ।

यस्तै इजरेली आक्रमणको निसानामा परेका विभिन्न २० वटा क्षेत्रबाट स्थानीयको उद्धार गरिएको लेबनानको सेनाले जनाएको छ ।

लेबनानको अन्तराष्ट्रिय विमानस्थलमा गरिएको आक्रमणबारे इजरेलले कुनै प्रतिकिृया जनाएको छैन ।

यद्यपी हेजबुल्लाह लडाकु केन्द्रीत आक्रमण जारी रहेको सेनाको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । 


प्रतिक्रिया