बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित ४५ जना विरुद्ध पक्राउ पुर्जी जारी

कार्तिक १, २०८१ | काठमाडौं

बंगलादेशको अपराध अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अवामी लिगका शीर्ष नेताहरूसहित ४५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

त्यहाँ हालै भएको सामूहिक विद्यार्थी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको सम्बन्धमा पक्राउ पुर्जी जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतले हसिनासहितका व्यक्तिलाई नोभेम्बर १८ सम्म पक्राउ गरेर पेश गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।

गत अगस्टमा बंगलादेशको अन्तरिम सरकारले हसिनाको नेतृत्वमा रहेको सरकारविरुद्ध भएको विद्यार्थीको प्रदर्शनका क्रममा भएको हत्यामा संलग्न व्यक्तिलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा चलाउने बताएको थियो ।

हसिना सरकारको विरुद्धमा भएको हिंसात्मक घटनामा बंगलादेशमा २ सय ३० जना बढीको मृत्यु भएको थियो । 


प्रतिक्रिया