युक्रेनको जनसंख्यामा भारी गिरावट

कार्तिक ६, २०८१

रुसले आक्रमण शुरु गरेयता युक्रेनको जनसंख्या एक करोडले घटेको राष्ट्रसंघले जनाएको छ । युद्धका कारण भएका मानवीय क्षति, देशबाट नागरिकको बर्हिगमन लगायत कारण युक्रेनो जनसंख्या घटेको राष्ट्रसंघको भनाइ छ । 

त्यस्तै, युक्रेनका नागरिकमा प्रजनन क्षमता र जन्मदरमा समेत गिरावट देखिएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र जनसंख्या कोषका पूर्वी युरोप प्रमुख फ्लोरेन्स बाउरले सन् २०२२ को फेब्रुअरीदेखि शुरु आक्रमणले युक्रेनको जनसांख्यिकीय अवस्थालाई गम्भीर रुपमा असर पारेको बताउनुभयो । 

रुसको आक्रमणपछि ६७ लाख नागरिक शरणार्थीको रुपमा युरोपेली अन्य मुलुकमा पुगेको अनुमान समेत गरिएको छ । 


प्रतिक्रिया