अमेरिकी आणविक हतियार विकासले सुरक्षा चुनौती बढ्दोः किम जोङ उन

कार्तिक ७, २०८१ | काठमाडौं

उत्तर कोरियाका नेता किम जोङ उनले रणनीतिक महत्वको आणविक केन्द्रको निरीक्षण गर्नुभएको छ ।

उत्तर कोरियाको प्रतिरक्षाका लागि रणनीतिक महत्व ठानिएको आणविक केन्द्रमा नेता उनले भ्रमण गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

अमेरिकाको परमाणु हतियारको विकासले सुरक्षा चुनौती बढाएको नेता किमले प्रतिकृया दिनुभएको छ । अमेरिकी रणनीतिक आणविक हतियार उत्तर कोरियाको सुरक्षाको लागि सधैं बढ्दो खतरा भएको भन्दै यस्ता दीर्घकालीन खतराको लागि प्योङयाङले आफ्ना आणविक शक्तिलाई राम्रो र कडा रुपमा प्रतिक्रिया दिन आवश्यक रहेको औंल्याउनुभयो ।

भविष्यमा आधुनिक परमाणु शक्तिको विकास गर्न समेत नेता किमले सुरक्षा निकायलाई निर्देशन दिनुभएको उत्तर कोरियाली समाचार संस्थाले जनाएको छ ।

राज्यको सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्नेमा समेत नेता किमले जोड दिनुभएको छ ।


प्रतिक्रिया