जापानको आम निर्वाचनमा सत्तारुढ दलले बहुमत ल्याउन नसक्ने अनुमान
कार्तिक ११, २०८१ | काठमाडौं
जापानको आम निर्वाचनमा सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको (एलडीपी) ले बहुमत ल्याउन नसक्ने देखिएको छ ।
एक्जिट पोलको अनुमान अनुसार एलडीपीले बढीमा २ सय १९ सिट जित्ने अनुमान गरिएको छ । जापानमा कुनै पनि पार्टीलाई बहुमतका लागि २ सय ३३ सिट चाहिन्छ । यसैबीच विपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टी (सीडीपी) ले १ सय ९१ सिट ल्याउने अनुमान गरिएको छ ।
एलडीपीले अब सत्तामा रहनको लागि गठबन्धनमा गर्नुपर्ने बाध्यता छ । यसअघि कोमेइतो पार्टीसँग गठबन्धन गरेको एलडीपीलाई यसपटक गठबन्धन गर्दा समेत बहुमत सिट नपुग्ने देखिएको हो ।
निर्वाचनपछि जापानमा त्रिशंकु सरकार बन्ने र अनिश्चितता निम्त्याउन सक्ने विश्लेषण भएका छन् । झन्डै एक दशकदेखि सत्तामा रहेको एलडीपीको लोकप्रियता परिक्षणका रुपमा यो पटक आम निर्वाचनलाई हेरिएको छ ।