इण्डोनेसियाद्वारा आइफोन १६ विक्रिमा रोक

कार्तिक १२, २०८१ | काठमाडौं

इण्डोनेसियाले विश्व प्रसिद्ध स्मार्ट फोन कम्पनी एप्पलको पछिल्लो मोडल आइफोन सिक्टीनको विक्रि वितरणमा रोक लगाएको छ ।

एप्पलले आफ्ना देशमा निमार्ण गरिएका पाटर्पुजाको प्रयोग नगरेका कारण विक्रि वितरणमा रोक लगाइएको त्यहाँको उद्योग मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।  इण्डोनेसियामा विक्रि वितरणका लागि कम्तिमा ४० प्रतिशत पार्टपुर्जाहरू स्थानीय प्रयोग गर्नुपर्ने व्यवस्था छ । 

जुन व्यवस्थालाई एप्पलले पूरा नगरेको इण्डोनेसियाको उद्योग मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । प्रयोगकर्ताहरूले रकम भुक्तानी गरिसकेका फोनहरू भने व्यक्तिगत प्रयोगको लागि भने छुट दिने जनाइएको छ ।  


प्रतिक्रिया