रुस र उत्तर कोरियाबीच रणनीतिक साझेदारी कार्यान्वयन गर्ने प्रतिबद्धता
कार्तिक १७, २०८१ | काठमाडौं
रुसलाई युद्धमा सघाउन उत्तर कोरियाले आफ्नो सेना पठाएको भन्दै अमेरिकालगायत विश्व शक्ति राष्ट्रले चर्को आलोचना गरिरहँदा रुस र उत्तर कोरियाले रणनीतिक साझेदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
रूसी विदेश मन्त्री सर्गेई लावरोभ र उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुइले रणनीतिक साझेदारी सम्झौताको प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका हुन् । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सो सम्झौताबारे जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो सम्झौताले दुई देशको परम्परागत सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास गरिएको विज्ञप्तीमा उल्लेख छ । सो सम्झौताअनुसार रुस र उत्तर कोरिया शीर्ष कूटनीतिज्ञ तथा कूटनीतिक विभागबीच विभिन्न स्तरमा रणनीतिक परामर्श, संवाद र आदानप्रदान जारी राख्न सहमत भएका छन् ।