इजरेलका प्रधानमन्त्री नेतान्याहुले दिए बयान

मंसिर २६, २०८१ | काठमाडौं

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भ्रष्टाचार मुद्दामा पहिलो पटक बयान दिनुभएको छ ।

गाजामा जारी युद्ध तथा क्षेत्रीयस्तरमा सम्भावित जोखिमकाबीच प्रधानमन्त्री नेतान्याहुले भ्रष्टाचर सम्वन्धी आफु मुछिएको मुद्धामा बयान दिनुभएको रोयटर्सले जनाएको छ ।

बयानका क्रममा राज्यको कठोर सुरक्षा नीतिले आफूलाई सताएको बताउनुभएको थियो ।

हिजो भएको ४ घण्टा लामो बयानका क्रममा उहाँले सञ्चार माध्यमको चर्को आलोचना गर्नुभएको छ ।

पत्रकारहरुले वर्षाैंदेख आफूलाई सताएको नेतान्याहुको आरोप छ ।

नेतान्याहुलाई सन् २०१९ मा लागेको अभियोगको विषयमा सातामा ३ पटक बयानका लागि उपस्थित हुनुपर्ने न्यायाधीशहरुले निर्णय गरेका छन् ।

बयानका क्रममा नेतान्याहुले आफूले सत्य बोल्ने अवसर लामो समयपछि पाएको बताउनुभयो ।

साथै हाल मुलुकको नेतृत्व गर्ने स्थानमा रहेकाले बयान दिने र मुलुक चलाउने काम समानान्तर रुपमा गर्ने उहाँको भनाई छ ।

उहाँलाई युद्ध अपराध गरेको, महँगो उपहार लिएको लगायत मुद्दामा बयान लिइएको हो ।


प्रतिक्रिया