रुसले अफगानिस्तानमा तालिवान सरकारलाई मान्यता दिने तयारी
मंसिर २६, २०८१ | काठमाडौं
रुसले अफगानिस्तानमा तालिवान सरकारलाई मान्यता दिने तयारी गरेको छ ।
रुसी तल्लो सदन डुमाले तालिवानलाई आतंकवादी संगठनको सूचीबाट हटाउने विद्येयक पारित गरेसँगै अफगानी सरकारले मान्यता पाउने समाचार संस्था रोयटर्सले जनाएको छ ।
निर्वाचित सरकारलाई अपदस्थ गरी सन् २०२१ मा अफगानिस्तानको सत्ता हत्याएको तालिवानलाई हालसम्म कुनै पनि मुलुकले सरकारको मान्यता दिएका छैनन ।
रुसले भने क्रमिक रुपमा अफगानिस्तानसँग सम्बन्ध बिस्तारको पहल गर्दै आएको थियो ।
गत जुलाईमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानलाई आतंकवाद विरुद्धको लडाईंमा सहयोगीको रुपमा चित्रण गर्नुभएको थियो ।
रुसले अफगानिस्तानदेखि मध्यपूर्वसम्म सञ्जाल भएको इस्लामिक सैन्य समूहबाट सुरक्षा चुनौती व्यहोर्दै आएको छ ।
यस्तै, प्रमुख सहयोगी मुलुक सिरियाका राष्ट्रपति अपदस्त भएसँगै इस्लामिक सैन्य समूहबाट थप जोखिम बढेको विश्लेषण भएका छन् ।
गत मार्चमा इस्लामिक सैन्य समूहको हमलाका कारण मस्कोस्थित एक कन्सर्ट हलमा १ यस ४५ जनाको मृत्यु भएको थियो ।
यसैबीच, तालिवानले समेत अफगानिस्तानमा इस्लामिक सैन्य समूहलाई सखाप पार्ने जनाएको छ ।