विश्वव्यापी रुपमा मानव बेचबिखन घटना २५ प्रतिशतले बृद्धि

मंसिर २६, २०८१ | काठमाडौं

विश्वव्यापी रुपमा मानव बेचबिखन घटना २५ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । 

संयुक्त राष्ट्रसंघीय निकायको मानव बेचबिखनसम्बन्धी पछिल्लो प्रतिवेदनले विश्वका विभिन्न देशमा मानव वेचविखनको समस्या व्यापक बन्दै गएको देखाएको हो । सन् २०१९ देखि सन् २०२२ सम्म गरिएको अध्ययनमा आधारित भई प्रतिवेदन तयार पारिएको थियो ।

 सो प्रतिवेदनले गरिबी, द्वन्द्व र जलवायु परिवर्तन जस्ता समस्या बढ्दै जाँदा बालशोषण र जर्बजस्ती श्रमका लागि बेचबिखन गर्ने प्रवृत्ति देखिएको जनाएको छ । 

प्रतिवेदनमा कोभिड–१९ महामारीपछि मानव बेचबिखनका विविध पक्षको विश्लेषण र विवरण समावेश गरिएको छ । प्रतिवेदनले १ सय ५६ देशमा भएका घटनाहरुलाई समेटेको बताइन्छ । 


प्रतिक्रिया