दक्षिण कोरियाली राष्ट्रपति युनलाई महाअभियोग लगाउने विपक्षी दलको तयारी

मंसिर २८, २०८१

दक्षिण कोरियामा स्थायित्व कायम गर्न राष्ट्रपति युन–सुक–योललाई महाभियोग लगाउनुपर्ने विपक्षी दलले बताएका छन् । 

दक्षिण कोरियाका राष्ट्रपति युनले शैनिक शासन लगाउने गरेको असफल प्रयासका सन्बन्धमा संसदमा भोली मतदान हुँदैछ । सो मतदानबाट राष्ट्रपति युनलाई महाभियोग लगाएमा मुलकमा स्थायित्व कायम हुने दक्षिण कोरियाका विपक्षी नेता लि जेई म्यिुङलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 राष्ट्रपति युनको कदमले राजनीतिक संकट निम्तिएको भन्दै चौतर्फी आलोचनाका साथै युनको राजीनामा माग समेत भएको छ । यसैबीच, राष्ट्रपति युनले भने आफू अन्तिम समयसम्म लडिरहने बताउँंदै विपक्षी पार्टीले सरकारलाई कमजोर बनाउन लागि परेको बताउनुभएको छ । 

गत अप्रिलमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति युनको पिपुल पावर पार्टी पराजित भएको थियो । उत्तर कोरियाले निर्वाचन आयोगमा ह्याक गरेका कारण सो पराजय भएको राष्ट्रपति युनले जिकिर गर्दै आउनुभएको छ ।  


प्रतिक्रिया