वायु प्रदूषण बढेपछि उत्तरी भारतको दैनिकी कष्टकर

पुस २६, २०८१ | काठमाडौं

भारतको उत्तरी क्षेत्रमा वायु प्रदूषण बढेर त्यहाँको दैनिकी प्रभावित भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुँवालो र वायुको गुणस्तरमा ह्रास आएपछि त्यहाँ यात्रा गर्न समस्या भएको हो ।

आज बिहानै देखि दिल्लीको विभिन्न क्षेत्रमा भिजिविलिटि ज्यादै कम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हवाई उडान, रेल तथा सडक यातायात सञ्चालनमा समेत समस्या भएको बताइएको छ । खराब मौसमका कारण १ सय ५० भन्दा बढी उडानहरूको सेवा ढिलो भएको र दर्जनौं रेलसेवा प्रभावित भएको छ ।

साधारणतयाः डिसेम्बर र जनवरीमा त्यहाँ उच्च वायु प्रदूषण हुने गर्छ । दिल्ली राज्यद्धारा सञ्चालित सफर वेबसाइटकाअनुसार दिल्लीको वायु गुणस्तर सूचकांक अधिकांश क्षेत्रमा ४ सय नाघिसकेको छ । यो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा निर्धारण गरिएको सुरक्षित सीमा भन्दा २५ गुणा बढी हो । 


प्रतिक्रिया