कुल वस्तु निर्यात ४६ दशमलव ५ प्रतिशतले वृद्धि

फाल्गुन २७, २०८१

मुलुकमा कुल वस्तु निर्यात ४६ दशमलव ५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैँकले जनाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको तथ्यांक अनुसार निर्यात बढेको हो । यो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपियाँको निर्यात भएको छ । 

वस्तुगत आधारमा भटमासको तेल, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैँकको तथ्यांकले देखाएको छ । आयाततर्फ भने आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु आयात १० दशमलव १ प्रतिशतले वृद्धि भएको छ । 

जसअनुसार ९ खर्ब ८८ अर्ब ५९ करोड रुपियाँ बाहिरिएको छ ।सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ रुपियाँ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 


प्रतिक्रिया