फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

फाल्गुन २७, २०८१

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उहाँलाई फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको हो । अन्तर्राष्ट्रिय अपराध न्यायालय आईसीसीले पूर्व राष्ट्रपतिविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । 

उहाँलाई प्रहरीले फिलिपिन्सको राजधानी मनीलास्थित एयरपोर्टबाट पक्राउ गरेको हो । फिलिपिन्सको मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उहाँको पक्राउलाई ऐतिहासिक क्षण बताएको छ । पूर्व राष्ट्रपति रोड्रियोले सन् २०१६ देखि २०२२ सम्म दक्षिण पूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध कारबाही गर्दा हजारौं मानिस मारिएका थिए । 


प्रतिक्रिया