चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

फाल्गुन २७, २०८१ | विराटनगर

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित सहिद मैदानमा हिजो बेलुका सम्पन्न दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । 

चर्च ब्वाइजको जितमा खेलको ७० औं मिनेटमा लाक्पा पाख्रिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । पुलिस क्लबले पटक–पटक अवसर सिर्जना गरे पनिे गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । 

अब चर्च ब्वाइजले उपाधिका लागि भोलि बुधबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्रीस्टारले त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । 

२०७२ सालको चौथो संस्करणमा झापा–११ लाई १–० गोलले पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको थियो । यसपटक भने पुलिसको यात्रा सेमिफाइनलबाटै टुंगिएको छ ।


प्रतिक्रिया