गैर अमेरिकी व्यक्तिका सन्तानलाई नागरिकता नदिने ट्रम्पको निर्णय अदालतद्वारा खारेज
माघ ११, २०८१ | काठमाडौं
गैर अमेरिकी नागरिक तथा स्थायी आवासीय अनुमति नभएका व्यक्तिका सन्तान अमेरिकाको नागरिक हुन नपाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनलाई अदालतले अस्थायी रुपमा रोक लगाएको छ ।
डेमोक्रेटिक पार्टीको नेतृत्व रहेको वासिङटन, एरिजोना, इलिनियोस तथा ओरेगन राज्यको पहलमा भएको रिटको सुनुवाई गर्दै अदालतले सो आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । नागरिकता सम्बन्धी राष्ट्रपति ट्रम्पको कदम गैर संबैधानिक भएको भन्दै १४ दिनका लागि रोक लगाइएको जनाइएको छ ।
आफ्नो दोस्रो कार्यभार सम्हाल्दै राष्ट्रपति ट्रम्पले गैर अमेरिकी नागरिकका सन्तानलाई नागरिकता नदिने घोषणा गर्नुभएको थियो । आफ्नो आदेश विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले पुनरावेदनमा जाने बताउनुभएको छ ।