डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई लिएर आइसीसीद्वारा भर्त्सना

माघ २५, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमाथि प्रतिबन्ध लगाएपछि आइसीसीले त्यसको भर्त्सना गरेकोे छ । 

आइसीसीले एक विज्ञप्ती जारी गर्दै आफ्नो कर्मचारीको पक्षमा दृढतापूर्वक उभिएको र ट्रम्पको सो आदेशले आफ्नो स्वतन्त्र तथा निष्पक्ष कामलाई हानि पुर्याउने प्रयास गरेको बताएको छ । 

यसअघि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउनुभएको थियो । आइसीसीले अमेरिका र इजरायलविरुद्ध अनुचित तथा आधारहीन कारबाही गरेको ट्रम्पको आरोप छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वाशिंङटन भ्रमणको क्रममा ट्रम्पले सो आदेशमा हस्ताक्षर गर्नुभएको थियो । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो । आईसीसीले नेतन्याहुलाई गाजामा युद्ध अपराधको आरोप लगाएको थियो । सो आरोप इजरायलले अस्वीकार गर्दै आएको छ । 


प्रतिक्रिया