भारत र अमेरिकाबीच सन् २०३० सम्म व्यापार दोब्बरले बढाउने सहमति

फाल्गुन २, २०८१ | काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । दुई दिने भ्रमणका लागि अमेरिका पुगेका भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पसँगको भेटका क्रममा दुई मुलुकबीच सन् २०३० सम्म व्यापार दोब्बरले बढाउने लगायतका विषयमा सहमती भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
प्रधानमन्त्रीको तेस्रो पटक कार्यभार सम्हालेपछिको मोदीको पहिलो अमेरिका भ्रमण हो । यस्तै, भारतमा इन्धन ग्यांस तथा सैनिक सामान आयात बृद्धि गर्ने सहमती समेत भएको छ । त्यस्तै, भारतमा प्रमुख आयातकर्ता मुलुकको रुपमा अमेरिकालाई बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
हाल दोस्रो कार्यकालमा रहेका राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री मोदीले पहिलो कार्यकालमा जस्तै भारत अमेरिकाबीच रणनीतिक साझेदारि बृद्धिका सहकार्य हुने बताउनुभएको जनाइएको छ ।