संविधानको रक्षा गर्दै अघि बढ्नुको विकल्प नभएको प्रधानमन्त्री ओलीको भनाई

फाल्गुन २७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको बाटोमा सरकारले तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुुभएको छ । कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नागरिक सर्वोच्चता रहेको प्रतिष्पर्धात्मक प्रणालीमा हरेक व्यक्ति आफ्नो क्षमताले अगाडि बढ्न पाउने बताउनुभयो । व्यवस्था विरुद्ध आवाज उठ्न खोजेको भन्दै उहाँले एकाध व्यक्तिका पछाडी देश लाग्न नसक्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले यसअघि विभिन्न प्रदेशसभामा सम्वोधन गर्नुभएको थियो ।