गाजा पट्टीमा इजरायलले गरेको पछिल्लो कारबाहीमा ७१ प्यालेस्टीनीको मृत्यु

चैत्र ७, २०८१ | काठमाडौं

इजरायलले गाजा पट्टीमा मंगलबारदेखि लगातार हवाई आक्रमण गरिरहेको छ । 

आज बिहान मात्रै गरेको हमलामा कम्तीमा ७१ जना प्यालेस्टीनी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । इजरायलले प्यालेस्टाइनको उत्तर तथा दक्षिण भूभागमा सैन्य कारबाही गरिरहेको छ ।

 संयुक्त राष्ट्रसंघ लगायत अन्य मुलुकले २० लाख प्यालेस्टीनी नागरिकलाई पठाएको खाना, पेट्रोल तथा मानवीय सहायता समेत इजरायलले रोकिदिएको छ । तीन दिनको इजरायली कारबाहीमा कम्तीमा ४ सय ३६ प्यालेस्टीनीको मृत्यु भइसकेको छ ।

 जसमा १ सय ८३ बालबालिका समेत परेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले बन्दी बनाएका ५९ इजरायली नागरिकको रिहा नभएसम्म इजरायलले कारबाही जारी राख्ने देखिएको छ । 


प्रतिक्रिया