हिथ्रो विमानस्थल बन्दः विश्वव्यापी उड्ययन प्रणालीमा व्यापक असर पर्ने अनुमान

रेडियो कान्तिपुर संवाददाता

चैत्र ८, २०८१

आगलागीका कारण बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा विश्व व्यापी उड्ययन प्रणालीमा व्यापक असर पर्ने अनुमान गरिएको छ । संसारकै सवैभन्दा व्यस्तमध्येको एक विमानस्थल आगलागीबाट प्रभावित भएपछि दशौं लाख अमेरिकी डलर घाटा लाग्ने जानकारहरु बताउँछन् । हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल आज पूर्ण रूपमा बन्द हुने भएको छ । 

नजिकै रहेको विद्युतीय सबस्टेसनमा आगलागी भएपछि विमानस्थल बन्द हुने भएको बीबीसीले उल्लेख गरेको छ । आगलागीको कारण अझै पत्ता लागेको छैन । यूरो कन्ट्रोलका अनुसार हिथ्रोले दैनिक १ हजार ३ सय उडानहरू सञ्चालन गर्दै आएको बताइन्छ ।    


प्रतिक्रिया