अमरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको एक सय दिन पूरा

वैशाख १४, २०८२ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेको एक सय दिन पूरा भएको छ ।

 ट्रम्पले राष्ट्रपतिका रुपमा पदभार सम्हालेको एक सय दिन मनाइरहँदा विश्व व्यवस्थालाई नै उल्टाएको विश्लेषण भएका छन् । ट्रम्पले लिएका नीतिका कारण भन्सार करलाई लिएर विश्वव्यापी रुपमा अमेरिकाको आलोचना भइरहेको छ ।

 यो अवधिमा अमेरिकाले दिँदै आएको विदेशी सहायता भारी मात्रामा कटौती गरिएको छ भने आप्रवासन नीतिमा समेत कडाइ गरिएको छ । ग्रीनल्याण्डलाई गाभ्ने, पनामा नहरलाई पुनःकब्जा गर्ने र क्यानडालाई ५१ औं राज्य बनाउने जस्ता नीतिपछि ट्रम्प प्रशासनले देशभित्रै आलोचना खेपिरहेको छ ।

 ८ वर्षअघिको तुलनामा ट्रम्प निक्कै कट्टरपन्थी बनेको विश्लेषण पनि गरिएको छ ।  


प्रतिक्रिया