रुससँगको युद्ध रोक्न युक्रेनलाई अमेरिकाको आग्रह

वैशाख १५, २०८२ | काठमाडौं
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी आक्रमण रोक्न रुसलाई आग्रह गर्नु भएको छ । युक्रेन युद्ध अन्त्यका लागि दुवै मुलुकसँग वार्ता भइरहेका बेला हमला रोकेर संयमता अपनाउन अमेरिकाले आग्रह गरेको हो ।
रुसले आक्रमण नरोकेमा शान्तिका लागि भइरहेका पहल निष्प्रभावी हुने राष्ट्रपति ट्रम्पका उच्च तहका कूटनीतिज्ञलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग रुसको निरन्तरको आक्रमणका कारण आफू निराश भएको बताउनुभएको छ ।
इटालीको रोममा पोप फ्रान्सिसको श्रद्धाञ्जली सभामा जेलेन्स्कीसँग भएको भेटवार्तामा ट्रम्पले रुसप्रति असन्तुष्टि जनाउनु भएको थियो । जारी युद्ध अन्त्यका लागि पटक पटक विभिन्न पहल भए पनि युक्रेनमा हमला नरोकिएको भन्दै अमेरिका रुससँग सशंकित भएको छ ।