विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७० पुग्यो

वैशाख १६, २०८२

इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७० पुगेको छ । इरानको प्रमुख शाहिद राजाई बन्दरगाहमा गत आइतबार ठूलो रसायनिक पद्धार्थ विस्फोट भएको थियो । सो विस्फोटमा परि कम्तीमा १ हजार भन्दा बढी घाइते छन् । 

सो घटना लापरवाहीको कारणले भएको त्यहाँको आन्तरिक मन्त्री एस्कन्दर मोमेनीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्री मोमेनीले दोषीको पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । यता संकट व्यवस्थापन कार्यालयका वरिष्ठ अधिकारीले अधिकांश घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका छन् ।


प्रतिक्रिया